वेबटिभी खबर
सुर्खेत । सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष ३० वर्षीय नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राति साढे १० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो ।
फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिदाँ वडा अध्यक्ष कार्कीसहित स्थानीय भुपेन्द्र शाही घाइते भएका थिए ।
टाउकोमा गम्भीर चोट लागेको कार्कीको कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
वडाध्यक्ष कार्की भेरीगंगा नगरपालिकाको पार्टी सचिवसमेत रहेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij