वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको तेस्रो लहरको प्रभाव निकै कम भएको छ । दैनिक संक्रमित थपिने दर घटेर १२ हजारको हाराहारीमा पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित १२ हजार १०७ मात्र थपिएका छन् । त्यस्तै यो अवधिमा ३०२ ले ज्यान गुमाएका छन् भने २६ हजार ९६८ जनाले कोरोनालाई परास्त गर्न सफल भएका छन् । तेस्रो लहर उत्कर्षमा रहेको बेला दैनिक संक्रमित हुनेको संख्या साढे तीन लाखभन्दा माथि पुगेको थियो ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या घटेर १ लाख २५ हजार ५३७ मात्र छ । भारतमा संक्रमण ओरालो लागेसँगै विभिन्न प्रतिबन्धहरु खुकुलो बनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij