काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (सोमबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
कोरोना भाइरसको नयाँ लहरको संक्रमणको जोखिम बढिरहेका बेला यसको नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुनेछ । सीसीएमसीले काठमाडौंलगायतका सहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरू सिफारिस गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij