Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

संसद् स्थगितलगत्तै ओली र देउवाबीच भेटवार्ता 

संसद् स्थगितलगत्तै ओली र देउवाबीच भेटवार्ता 

  • 635
    SHARES
  • संसद् स्थगितलगत्तै ओली र देउवाबीच भेटवार्ता 

    काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    बिहीबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरकारकै आग्रहमा शुक्रबार बस्नेगरी स्थगित गरिएको छ । बैठक स्थगित गरिएपछि ओली संसद् भवन पुगेका थिए ।

    संसदमा पेश भएकाे एमसीसी पास गर्ने विषयमा देउवा र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भएकाे हाे । देउवाले गठबन्धनभित्र एमसीसी अनुमोदनका लागि सहमति जुटाउन नसकेपछि अध्यक्ष ओलीसँग सहयोग मागेका छन् ।

    सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत (समाजवादी) पार्टीले संशाेधनविना एमसीसी अनुमोदन नगर्ने अडान लिएपछि एमसीसीलाई पारित गराउन प्रधानमन्त्री देउवालाई ओलीको साथ चाहिएकाे हाे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij