वेबटिभी खबर
किभ । युक्रेनी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै रूसी सेनाले देशको पूर्वी भागमा आफ्ना एकाइहरूमा तीव्र गोलाबारी सुरू गरेको जनाएको छ ।
रूसले राजधानी किभ नजिकैको बोरिस्पिल र अन्य क्षेत्रका विमानस्थलहरूमा मिसाइल आक्रमण गरेको युक्रेनी सशस्त्र बलले जनाएको छ ।
युक्रेनी वायुसेनाले रूसले गरेको हवाई आक्रमणविरूद्ध लडिरहेको जनाएको छ । दक्षिणी बन्दरगाह सहर ओडेसामा रूसी प्याराट्रूप्स परिचालन भएका रिपोर्टहरूलाई भने युक्रेनी सशस्त्र बलले अस्वीकार गरेको छ ।
प्याराट्रूप्सलाई युद्धको समयमा विमानबाट प्यारासुटमार्फत हाम फाल्न लगाएर आक्रमणमा परिचालन गरिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij