Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

प्रदेश २ का चारजना सांसदलाई बर्खास्त गर्न माओवादी केन्द्रले पठायो पत्र 

प्रदेश २ का चारजना सांसदलाई बर्खास्त गर्न माओवादी केन्द्रले पठायो पत्र 

  • चैत्र ३०, २०७७ सोमवार १३:३० बजे
  • 859
    SHARES
  • प्रदेश २ का चारजना सांसदलाई बर्खास्त गर्न माओवादी केन्द्रले पठायो पत्र 

    जनकपुर । माओवादी केन्द्रले आफ्नाे दलबाट निर्वाचित प्रदेश २ का चारजना प्रदेश सांसदलाई बर्खास्त गर्न प्रदेशसभा सचिवालयमा पत्र बुझाएको छ ।

    नेकपा विभाजन भएपछि एमालेतर्फ लागेका रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाह र मोहम्मद समिरलाई सांसद पदबाट बर्खास्त गर्न पत्र बुझाइएको हो ।

    माओवादी केन्द्रका सचेतक दिलीप साहले पार्टीमा नफर्केका र स्पष्टिकरणको जवाफ नदिएका चारजना सांसदलाई बर्खास्त गर्न पत्र बुझाइएको जानकारी दिए ।

    सर्वाेच्च अदालतको आदेशले नेकपा खारेज भई साविक एमाले र माओवादी केन्द्र व्युतिएको थियो । त्यसयता साविक पार्टीमा नफिर्केका यी चारजना सांसदलाई शुक्रबार स्पष्टिकरण सोधिएकोमा उनीहरुले जवाफ नदिएपछि कारबाही थालिएको हो । 

    प्रदेश २ सभाको बैठक पनि सोमबार दिउँसो १ बजेका लागि डाकिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij