वेबटिभी खबर
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका-४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।
मंगलबार बेलुकी आफ्नो घर नजिकको बङगुरकाे खाेरमा बङगुरलाई चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij