वेबटिभी खबर
एजेन्सी, नयाँदिल्ली । भारतमा दैनिक कोरोना संक्रमित थपिने संख्यामा सोमबारको तुलनामा थोरै बढेको छ ।
मंगलबार रातिसम्म गरिएको परीक्षण नजिता अनुसार १३ हजार ८०७ जनामा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा २७९ जनाले ज्यान गुमाएका छन् भने ३१ हजार ३७५ ले कोरोनालाई परास्त गर्न सफल भएका छन् ।
अघिल्लो तथ्यांक अनुसार १३ हजार ३४८ नयाँ संक्रमित थपिएका थिए भने २३५ को ज्यान गएको थियो ।
कोरोना संक्रमित थपिने दरमा कमी आएसँगै भारत सरकारले लगाएका बन्देजहरू खुकुलो पार्न थालिएको छ ।
भारतीय मिडियाले जनाए अनुसार भारतभर सक्रिय संक्रमितको संख्या एक लाख ५५ हजार ५७६ रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij