Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

एमसीसी पास गर्ने कुरामा सहमति छैनः माधव कुमार नेपाल

एमसीसी पास गर्ने कुरामा सहमति छैनः माधव कुमार नेपाल

  • फाल्गुण ८, २०७८ आइतवार १९:२३ बजे
  • 575
    SHARES
  • एमसीसी पास गर्ने कुरामा सहमति छैनः माधव कुमार नेपाल
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे सरकार ‘जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया जनाए ।
     
    आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो । तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ छ । उनले भने ‘एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ, हुन्छ ।’
     
    हिजो बसेको नेकपा एसको स्थायी समिति बैठकले यथास्थितिमा पास गर्न नसकिने बताउँदै संसदमा लैजान अवरोध नगर्ने निर्णय गरेसँगै सरकारले संसदमा एमसीसी टेबल गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij