Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कालिकोटमा आगलागी हुँदा छ घर जलेर नष्ट

कालिकोटमा आगलागी हुँदा छ घर जलेर नष्ट

  • चैत्र २९, २०७७ आइतवार १५:५६ बजे
  • 545
    SHARES
  • कालिकोटमा आगलागी हुँदा छ घर जलेर नष्ट

    मान्म । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका-८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका-८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । 

    आगलागी हुँदा दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

    आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य एउटै घरको करिब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिए । ‘घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्’, उनले भने, ‘एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ ।’

    आगलागीपीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताए । ‘तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौं’, उनले भने, ‘अग्निपीडित अहिले त्रिपाल टासेर बसेका छन् ।’ आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताए ।

  • सम्बन्धित विषय:

  • # कालिकोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij