वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा प्रवेशपत्र प्रिन्ट गर्न परीक्षार्थीलाई सूचित गरेको छ । २०७८/९/७ गते आयोगले प्रकाशित गरेको निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको परीक्षा प्रवेशपत्र प्रिन्ट गर्न सकिने आयोगले जनाएको छ । आयोगले सूचनामार्फत प्रिन्ट गर्ने विधिबारे पनि जानकारी गराएको छ । माध्यमिक तहकाे प्रवेशपत्रका बारेमा पनि आयोगले जानकारी गराएकाे छ । आयोगले २०७८/८/२९ मा माध्यमिक तह, तृतीय श्रेणी शिक्षको पदको परीक्षाका लागि विज्ञापन खुलाएको थियो ।
सूचना


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij