Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

बाग्मती मनोहरा दोभानबाट उठाइएको फोहोर व्यस्थापन भएन 

बाग्मती मनोहरा दोभानबाट उठाइएको फोहोर व्यस्थापन भएन 

  • 504
    SHARES
  • बाग्मती मनोहरा दोभानबाट उठाइएको फोहोर व्यस्थापन भएन 

    काठमाडौं । बाग्मती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ । बाग्मती सफाइ महाअभियानको ४५८औँ हप्तामा आज बाग्मती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।

    केही दिनदेखि काठमाडौँ महानगरपालिकाले राजधानीबाट फोहर उठाउन नसक्दा सडक किनार, चोकमा फोहर थुप्रिएको छ । बाग्मती मनोहरा दोभानको सफाइमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो ।

    सफाइका क्रममा आज माला खरेल एवं दुर्गा रावलको जन्मदिनको उपलक्ष्यमा नदी किनारमा वृक्षरोपण गरिएको छ । सफाइ अभियानकर्मीको जन्मदिन परेका दिन नदी किनारमा वृक्षरोपण गर्ने गरिएको छ ।

    अर्को हप्ता शनिबार पनि बाग्मती मनोहरा दोभानमै बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म सफाइ गरिने जनाइएको छ । बाग्मतीको शङ्खमूल क्षेत्रमा अझै फोहरको थुप्रो देखिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए ।

    गुह्येश्वरीमाथिको बाग्मती सफाइको ४२६औँ हप्तामा गोठाटार पुलको नदी क्षेत्रमा सफाइ गरिएको छ । मुहानदेखिकै बाग्मती सफाइ गर्दै आएको बाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा यस क्षेत्रको अभियान चल्ने गरेको छ । 

    ‘फोहर शून्य नदी किनार सम्भव छ’ भन्ने नाराका साथ मञ्चले सफाइ गरिरहेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी बताए । मनोहरा सफाइ अभियानको २५७औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ जडिबुटीस्थित मनोहरा पुलमुनि दुई घण्टा सफाइ गरिएको छ ।

    विभिन्न संस्थाका ५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको संयोजक चन्द्र दङ्गालले बताए । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ अभियान हप्तामा एक दिन शनिबार निरन्तर छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij