Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

क्यानडाली प्रहरीले प्रदर्शनकारीलाई कारबाही गर्ने 

क्यानडाली प्रहरीले प्रदर्शनकारीलाई कारबाही गर्ने 

  • 733
    SHARES
  • क्यानडाली प्रहरीले प्रदर्शनकारीलाई कारबाही गर्ने 

    क्यानडा । क्यानडाका कानून प्रवर्तन एजेन्सीहरूले ओटावामा विरोध प्रदर्शनमा सहभागीहरूविरुद्ध ‘आकस्मिक’ कारबाही गर्ने तयारी गरिरहेका छन् । 

    ओटावा प्रहरी प्रमुख स्टीव बेलका अनुसार प्रदर्शनकारीहरूले कोभिड-१९ विरुद्धका नियन्त्रणात्मक र प्रतिबन्धात्मक आदेशहरूको खारेजीको माग गरिरहेका छन् ।

    ‘हामीले हाम्रा स्रोतहरू बलियो बनाउँदैछौं, स्पष्ट योजनाहरू विकास गर्दैछौं र कारबाही गर्ने तयारी गरिरहेका छौं,’ बेलले बिहीबार पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । 

    ओटावा पुलिस सेवालाई देशको संघीय पुलिस बल, रोयल क्यानेडियन माउन्टेड पुलिस, ओन्टारियो प्रान्तीय पुलिस र ओन्टारियो र क्युबेकका अन्य कानून प्रवर्तन एजेन्सीहरूले सहयोग रहने बेलले जनाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij