Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मस्कले गरे क्यानडाका प्रधामन्त्रीलाई हिटलरसँग तुलना

मस्कले गरे क्यानडाका प्रधामन्त्रीलाई हिटलरसँग तुलना

  • 573
    SHARES
  • मस्कले गरे क्यानडाका प्रधामन्त्रीलाई हिटलरसँग तुलना

    एजेन्सी, न्युयोर्क । अमेरिकी विद्युती गाडी निर्माता टेस्लाका मालिक एलन मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरेका छन् । क्यानडामा जारी ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गर्दै मस्कले ट्विटरमा ट्रुडोको आलोचना गरेका हुन् ।  

    क्यालिफोर्नियाको स्थानीय समयअनुसार बुधबार मध्यरातमा ट्विट गरेका मस्कले बिहीबार सो ट्विट हटाएका थिए । ट्विटरमा मस्कका ७ करोड ४० लाख फलोअर्स छन् । 

    टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कले जनवरीको अन्ततिर गरेको एउटा ट्विटमा पनि ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गरेका थिए । सरकारले ल्याएको अनिवार्य कोभिड खोप प्रावधानको विरोधमा क्यानडामा ट्रक चालकहरुले केही सातादेखि आन्दोलन गरिरहेका छन् । 

    आन्दोलन जारी रहेकै बेला सरकारले आन्दोलनमा सहभागी हुनेको बैंक अकाउन्ट रोक्का गरिदिने चेतावनी दिएको छ ।
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij