Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कोहलपुर प्रहरीको अर्काे सफलता, दुई थान बाघको छालासहित तीनजना पक्राउ 

कोहलपुर प्रहरीको अर्काे सफलता, दुई थान बाघको छालासहित तीनजना पक्राउ 

  • फाल्गुण १०, २०७७ सोमवार १२:३० बजे
  • 1.4K
    SHARES
  • कोहलपुर प्रहरीको अर्काे सफलता, दुई थान बाघको छालासहित तीनजना पक्राउ 

    काठमाडौं । कोहलपुर इलाका प्रहरी कार्यालयको सक्रियताले बाघको सिकार गरि छाला बेचबिखन गर्न खोज्ने तीनजना पक्राउ परेका छन् । 

    दुई थान बाघको छालासहित आइतबार साँझ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सल्यान जिल्ला घर भएका २३ वर्षीय कमल डिसी, ३१ वर्षीय जीतबहादुर डिसी र २४ वर्षीय हिमेन्द्र वली रहेको प्रहरीले जनाएको छ ।

    bagh xala.jpg

    यसअघि गत माघ १४ गते पनि प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित तीनजनालाई पक्राउ गरेको थियो ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले पर्यावरण र दुर्लभ वन्यजन्तु संरक्षणका लागि प्रहरीले योजना बनाएर त्यस मुताविक काम गरिरहेको बताए ।

    ‘हामीले अपराध रोकथामसँगै प्रकृति संरक्षणका लागि पनि योजना मुताविक काम गरिरहेका छौं,’ उनले भने, ‘प्रकृतिमा आघात पुर्याउनु भनेको दिर्घकालिन रुपमा पर्यावरणलाई असर पुग्नु हो । यस्तो अपराधलाई नियन्त्रण गर्न हामीले विशेष ध्यान दिएका छौं ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij