Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

विद्युत् उपकरण जडान गर्ने काम तीव्र

विद्युत् उपकरण जडान गर्ने काम तीव्र

  • 545
    SHARES
  • विद्युत् उपकरण जडान गर्ने काम तीव्र

    रसुवा । उत्तरी रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा उपकरण जडान गर्ने काम तीव्ररूपमा अगाडि बढाइएको छ । आयोजनाका अधिकांश संरचना निर्माणभई कोभिड संक्रमणको असरले बाँकी रहेको विद्युतगृहका उपकरण जडान कार्य अहिले धमाधम अगाडि बढेको हो ।

    भूमिगत संरचनाबाट निर्माण भइरहेको उक्त आयोजनाको विद्युतगृह फ्रान्सिस नामक तीन टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर महेन्द्र यादवले जानकारी दिए । १ सय ११ मेगावाट क्षमताको विद्युत् आयोजनाका उपकरण जडान गर्ने जिम्मा लिने भोइथ भारतीय कम्पनीमार्फत दैनिक ६० प्राविधिक जनशक्तिले तीव्ररूपमा जडान गरिरहेका छन् ।

    उपकरण जडानको काम दैनिक १२ घण्टा हुने गरेको छ । दुई महिनाको अन्तरालमा इलेक्ट्रिकल प्यानल जडान गर्ने काम भइसकेको हो । रसुवागढी नजिक भोटेकोशीमा बाँधेर विद्युतगृहमा प्रतिसेन ८० घन मिटर पानी पठाउने डिजाइनअनुरूप ४ हजार १८५ मिटर हेड्ररेस सुरुङसमेतका संरचना निर्माण भइसकेको आयोजनाका प्रमुख सत्यराम ज्याख्वले जानकारी दिए ।

    उपकरण जडानका साथै आयोजना प्रभावित क्षेत्रका बासिन्दामाझ दिनुपर्ने सुबिधाका काममा समेत सहयोग हुँदै आएको छ । आयोजनाले भोटेकोशी-दालगाउँ पाँच किमी, रोङ्गा-थुमन १३ किमी सडक टिमुरेमा तातोपानी पोखरी निर्माण, टिमुरे र थुमन क्षेत्रको पूरै भागमा विद्युतीकरण, थुमनमा गुम्बा निर्माण, दालगाउँमा विद्यालय भवन, टिमुरेमा भित्री सडक निर्माणका साथै ढलको व्यवस्थापन कार्य सम्पन्न गरेको छ ।

    यस्तै खैदी सडक निर्माणमा आर्थिक सहयोग, धुञ्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय भवन निर्माण, टिमुरे गाउँको फोहरमैला व्यवस्थापनका लागि ट्रयाक्टर प्रदान, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा स्वास्थ्यकर्मी तथा शिक्षक व्यवस्थापनजस्ता विविध प्रकारका थुप्रै सेवा प्रदान गरेको आयोजनाले जनाएको छ ।

    बन क्षेत्रमा बिरुवा रोपण, डढेलो नियन्त्रण कार्यक्रमका साथै वर्षायामको समयमा स्याफ्रु-रसुवागढी राजमार्गमा हुने अवरोध हटाई यातायात सञ्चालनबाट भन्सार राजस्व असुलीमा समेत उल्लेखनीय सहयोग गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij