Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

इनारमा डुबेर ९ बालिकासहित १३ महिलाको मृत्यु, २० घाइते

इनारमा डुबेर ९ बालिकासहित १३ महिलाको मृत्यु, २० घाइते

  • 919
    SHARES
  • इनारमा डुबेर ९ बालिकासहित १३ महिलाको मृत्यु, २० घाइते

    एजेन्सी, काठमाडौं । भारत उत्तर प्रदेशको कुशीनगरमा बुधबार राति इनारमा डुबेर १३ महिलाको मृत्यु भएको छ । जसमा ९ जना बालिका रहेका छन् । उनीहरुको उमेर ५ देखि १५ वर्षसम्मको रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरको छ । 

    गाउँका परमेश्वर कुशवाहाको घरमा विहे समारोह थियो । सोही समारोह अन्तर्गत हल्दी विधिका लागि ५० देखि ६० महिला गाउँको बीचमा रहेको पुरानो इनारमा पुगेका थिए । 

    इनारलाई ढाकिएको जाली फाटिएपछि त्यसमाथि उभिएका महिलाहरु इनारमा खसेका हुन् । इनारमा ३५ जना खसेका थिए । घटना लगत्तै स्थानीयको उद्धारमा केही महिलाहरु सकुशल रहेपनि २० जना घाइते भएका छन् । अस्पताल लगिएको १३ जनाको भने पहिले नै निधन भइसकेको घोषित गरिएको थियो । 

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति शोक व्यक्त गर्दै तत्काल राहतका लागि निर्देशन दिएका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij