Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

  • 507
    SHARES
  • प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

    याङ्गुन । म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट ‘प्राविधिक विफलता’ पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ ।
     
    मन्डालयनजिकैको टाडा-यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले आज बिहान १०ः४३ बजेसम्पर्क विच्छेद गरेपछि सागिङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ ।

    पाइलटको खोजी र उद्धारकार्य भइरहेको जनाइएको छ । जारी विज्ञप्तिका अनुसार पाइलटले गैर–लडाई प्रशिक्षण मिसन उडान गरिरहेको थियो ।

    गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र धेरै दाताहरूलाई लिएर म्यानमारको सैन्य विमान देशको मध्य क्षेत्रमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

    सन् २०१७ मा एक सैन्य विमान अण्डमान सागरमा भएको दुर्घटना देशको इतिहासमा सबैभन्दा घातक उड्डयन दुर्घटनाहरू मध्ये एक रहेको थियो । यस विमानमा रहेका सबै १२२ व्यक्तिको मृत्यु भएको थियो । यस दुर्घटनाको कारण अधिकारीहरूले खराब मौसमलाई दिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij