Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित

  • 535
    SHARES
  • जिल्ला प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित

    सप्तरी । दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, ५ खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमकाअनुसार १ अधिकृत, ८ नायब सुब्बा (नासु ), ५ खरिदार र कार्यालय सहयोगीकै भरमा अहिले कार्यालय सञ्चालन भइरहेको छ ।

    प्रजिअ गौतमले भने, ‘कार्यालयमा ३ प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ, गृह मन्त्रालयले दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्रायः सबै काम एक जनाले धानेको छ, निकै समस्या भएको छ ।’

    नायब सुब्बाको १० जनाको दरबन्दीमध्ये ८ नायब सुब्बा अहिले काम गरेपनि लामो समयदेखि नायब सुब्बाका २ दरबन्दी रिक्त रहेका छन् । एक प्रशासकीय अधिकृत पनि विगतदेखि नै रिक्त रहेका कारण नागरिकता, राहदानी तथा अन्य महत्वपूर्ण कामकाज प्रभावित भएको जनाइएको छ ।

    जेलरले गर्छन् प्रशासकीय अधिकृतको काम

    जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भई काम प्रभावित हुन थालेपछि प्रशासकीय अधिकृतले गर्नुपर्ने नागरिकताको काम अहिले राजविराज कारागारका जेलर सुमन कोइरालाले गरिरहेका छन् ।

    कामु प्रशासकीय अधिकृतका रुपमा उनले नागरिकतामा तोक लगाउने, राहदानी सिफारिस गर्ने, प्रतिलिपि बनाउने लगायतमा अहिले सघाउने काम गरिरहेका हुन् ।

    प्रशासकीय अधिकृत किशोर राम विगत १५ दिनदेखि घरायसी कामका लागि बिदामा बसेपछि यहाँ कर्मचारीको अभाव देखिएका कारण कारागारबाट नायब सुब्बा (नासु) कोइरालालाई ल्याएर  ‘नागरिकता, प्रतिलिपि तथा राहदानीलगायत काम गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij