Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जापानी एफ-१५ लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला

जापानी एफ-१५ लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला

  • 570
    SHARES
  • जापानी एफ-१५ लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला

    टाेकियाे । जनवरीमा बेपत्ता भएको जापानी एफ-१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

    पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ ।

    जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो । अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ ।

    उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij