Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

खोपको २४ लाख मात्रा हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा

खोपको २४ लाख मात्रा हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा

  • 711
    SHARES
  • खोपको २४ लाख मात्रा हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन् ।

    आज मन्त्रालयमा मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याकं नआएको उल्लेख गरेका छन् ।

    ‘खोपको २४ लाख मात्रा हराएको होइन, हामीले खोप लगाउनका लागि प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौं’, मन्त्री खतिवडाले भने, ‘टोलटोलमा गएर लगाएको तथ्याकं नआएको मात्र  हो ।’ उनले खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्याकं नमिलेको बताए ।

    ‘एउटा डब्बामा रहेको खोपको १० मध्ये ८ मात्रा लगाइयो र बाँकी दुई मात्रा खोप त्यहीं दिन लगाएन भने त्यो खेर जान्छ’ उनले भने, ‘त्यही कारणले पनि खोपको मात्रा खेर गइरहेको छ ।’

    हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपका बारेमा जानकारी दिने मन्त्री खतिवडाले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij