वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ । समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी सहभागी रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टीका पदाधिकारी र प्रदेश समितिका अध्यक्षको समेत सहभागिता छ । बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा छाडेपछिको परिस्थितिको समीक्षा हुने जनाइएको छ । बैठकमा थापाको प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरू पनि सहभागी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij