सोनु राना मगर
हाल सामाजिक सञ्जालमा इनरुवा (सुनसरी) मा चुनावी (स्थानीय तह) माहोल जागेको साथै इनरुवा नगरपालिका तथा मेयरज्यूबारे टिकाटिप्पणी भैरहेको छ ।
दोषी कोही एक व्यक्ति होइन, सिस्टम नै गलत भएको अवस्था छ । सरोकारवालाहरू यतिका दिनसम्म किन मौन रहनुभयो ? इनरुवा नगरपालिका तथा हाम्रा स्थानीय सरकार कतिसम्मको लाचार छन् केही उदाहरण दिन चाहन्छु ।
यतिसम्म कि प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीहरूलाई संघीय सरकारले तोकेको न्युनतम पारिश्रमिक १५००० रूपैयाँमा केन्द्रबाट ८००० हजार रूपैयाँ र स्थानीय सरकारबाट ७००० रूपैयाँ थप गरी पारिश्रमिक निकासा गर्नु पर्नेमा हाल दोस्रो चौमासिक निकास नजिकिंदासम्म निकासा भएन र कुनै सरोकारवालाहरूको चासोको विषय बनेन किन ?
८ महिना अघिबाट सुरु भएको हाम्रो प्रयास, हाम्रो अधिकारको सुनिश्चितता खोइ ?
[टिप्पणीकार श्री बालमन्दिर माध्यामिक विद्यालय, इनरुवा-२ की इसीडी शिक्षक तथा प्रारम्भिक बालविकास इनरुवा नगर समितिको अध्यक्ष एवम् आन्दोलन समितिको संयोजक हुन् ।]
याे पनि
स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक [अन्तर्वार्ता]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij