वेबटिभी खबर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनपर्ने बताएका छन् ।
शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
शिक्षकहरूको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै मन्त्री पौडेलले कर्तव्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।
‘शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको म्यासेज छ,’ उनले भने, ‘शिक्षक सम्मानित पेशा हो । यसलाई दीगो बनाइ राख्न शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनपर्यो ।’
उनले शिक्षक सेवा आयोग, शिक्षक महासंघ र मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशी जस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उतिकै भूमिका रहनेमा जोड दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij