Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भोलीसम्म खोपको विवरण पठाउन निर्देशन

भोलीसम्म खोपको विवरण पठाउन निर्देशन

  • 547
    SHARES
  • भोलीसम्म खोपको विवरण पठाउन निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

    कोभिड-१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले उक्त निर्देशन दिएको हो ।

    छानबिन समितिले ६ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई भोलिसम्म विवरण बुझाउन निर्देशन दिएको समितिका संयोजक डा.गुणराज लोहनीले जानकारी दिए ।

    मन्त्रालयले खोपको एकीनतथ्याकं नभेटेपछि यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा.लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

    यसअघि समितिले यही माघ २१ गतेभित्र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij