Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मस्कको हवाई उडान ट्र्याक गर्ने युवा भन्छन्– वास्तविक टेस्ला पाए ट्विटर एकाउन्ट डिलिट गर्छु

मस्कको हवाई उडान ट्र्याक गर्ने युवा भन्छन्– वास्तविक टेस्ला पाए ट्विटर एकाउन्ट डिलिट गर्छु

  • 485
    SHARES
  • मस्कको हवाई उडान ट्र्याक गर्ने युवा भन्छन्– वास्तविक टेस्ला पाए ट्विटर एकाउन्ट डिलिट गर्छु

    न्युयोर्क । एलन मस्कको निजी जेटको ट्र्याक गर्ने एक युवाको ट्विटर एकाउन्ट पछिल्लो समयमा चर्चामा छ । अकाउन्ट डिलिट गर्न  टेस्ला मालिक मस्कदेखि टेस्ला कार भाडामा दिने एउटा कम्पनीका मालिकले ज्याक स्वीइनी नाम गरेका ती युवकलाई विभिन्न ‘अफर’ गरेका छन् । तर, ती सबै प्रस्ताव अस्वीकार गर्दै आएका छन् । 

    एटएलनजेट नामको अकाउन्ट डिलिट गर्न मस्कले यसअघि स्वीइनीलाई ५ हजार डलर दिने प्रस्ताव गरेका थिए । तर, उनले सो रकम अस्वीकार गर्दै बरु काम दिनुपर्ने माग गरेका थिए ।

    ट्विट डिलिट गर्न कार भाडामा दिने कम्पनी अटोनोमीका सीइओ स्कट पेन्टरले ट्विट मार्फत स्वीइनीलाई तीन वर्षसम्म टेस्ला मोडल ३ को गाडी चलाउन सब्सक्रिप्सन दिने प्रस्ताव गरेका थिए । तर, सो प्रस्ताव पनि ती युवाले अस्वीकार गरेका छन् । आफूलाई सब्सक्रिप्सनमा रुची नभएको र अस्थायी मोडल कार भन्दा आफ्नै कार चाहिएको भन्दै अकाउन्ट डिलिट नगर्ने प्रतिबद्धता दोहोराएका हुन् । 

    ‘मलाई आफ्नै कार चाहिएको छ  । तीन वर्षपछि फिर्ता गर्ने गाडी चाहिएको छैन । वास्तविक टेस्ला पाए भने अकाउन्ट डिलिट गर्छु’, वाल स्ट्रिट जर्नलसँग उनले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij