Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

शिक्षामा दशवर्षे योजना बनाउँदै खजुरा

शिक्षामा दशवर्षे योजना बनाउँदै खजुरा

  • 699
    SHARES
  • शिक्षामा दशवर्षे योजना बनाउँदै खजुरा

    नेपालगंञ्ज । बाँकेको खजुरा गाउँपालिकाले शिक्षाक्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा शिक्षाक्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

    उनकाअनुसार सबैपक्षलाई समेटी नमूना दशवर्षे कार्ययोजना निर्माण गरिने छ । त्यसकालागि गाउँ आवधिक योजना कार्यपालिकाले अनुमोदनसमेत गरिसकेको छ । गाउँपालिकाले संघ र प्रदेशस्तरबाट शिक्षाको विकासका लागि उल्लेख्य मात्रामा लगानी गराउन सफल भएको जानकारी दिँदै अध्यक्ष कक्षपतिले शैक्षिक नेतृत्व गर्ने व्यक्तिले अब प्रतिफल ल्याउने कुरामा जोड दिनुपर्ने बताए ।

    बाँकेको आठवटै स्थानीय तहमध्ये खजुराको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भएको खजुराका नागरिक अगुवा गेहेन्द्रप्रसाद धितालले बताए । उनले गाउँपालिकाकै शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन गहन छलफल गरी दशवर्षे कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिए ।

    संस्थागत विद्यालयको पाठ्यपुस्तक कम्तीमा पाँच वर्षसम्म परिमार्जन नहुने गरी कार्ययोजना निर्माण हुनुपर्ने बताउँदै उनले भने, ‘सामुदायिक र संस्थागत विद्यालयमा एकरुपता ल्याउनुपर्दछ ।’ खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम वलीले कोरोना संक्रमणको समयमा पनि एकैतहका शिक्षा कार्यलाई अगाडि बढाउने कार्य गाउँपालिकाले गरिरहेको जानकारी दिँदै विपद्का समयमा कसरी पालिकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भन्नेबारेमा योजना निर्माणमा ध्यान पुर्याउन सुझाव दिए ।

    गाउँपालिका शिक्षा समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष एकमाया विकले तीन दिनसम्म कार्यशाला सञ्चालन गरेर दशवर्षे योजनाको तयारी प्राविधिक विषयगत समिति गठन, योजना तर्जुसँग सम्बन्धित अवधारणा, स्थानीय परिवेशको आवश्यकता पहिचान गरी पूर्व निर्माण गरिएको गाउँपालिका आवधिक योजनाका विषयमा छलफल गरी विषयगत क्षेत्रको मस्यौदा लेखनकार्य गरिने जानकारी दिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij