वेबटिभी खबर
काठमाडौं । बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज खाेप कोरोना विरूद्धकाे खोपमध्ये ८ लाख डोज खाेव साेमबार काठमाडौं आइपुगेको छ । नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत खाेप नेपाल आइपुगेको जानकारी दिएकी हुन् ।
बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । ‘खाेप प्राप्त गर्दा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटरमा उल्लेख गरेकी छिन् । बाँकी खोपहरु केही दिनभित्रै नेपाल आइपुग्ने जनाइएको छ ।
महत्वपूर्ण समयमा नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी भएको पोलिटले उल्लेख गरेकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij