Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बिजुलीको पोलबाट खसेर कर्मचारीको मृत्यु

बिजुलीको पोलबाट खसेर कर्मचारीको मृत्यु

  • 536
    SHARES
  • बिजुलीको पोलबाट खसेर कर्मचारीको मृत्यु

    ताप्लेजुङ । बिजुलीको पोलमा चढेर बिजुली मर्मत गर्ने क्रममा झरेर नेपाल विद्युत प्राविधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

    फुङ्लिङ नगरपालिका-४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको पोलबाट खसेर सोमबार मृत्यु भएको हो ।

    पोलबाट भुइँमा बजारिएर घाइते भइ ताप्लेजुङ जिल्ला अस्पताल लगेको र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बाल नरसिंह राणाले बताए ।

    विरेन्द्र चोक नजिक पोलमा चढेर बिजुली बनाइरहेको अवस्थामा भुइँमा बजारिएपछि केदेमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij