वेबटिभी खबर
काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनले एकघण्टा चक्काजाम गरेको छ ।
चक्काजामका क्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर विराेध प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन् ।
चक्काजामका कारण केहीबेर सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । सो क्रममा नेकपानिकट अखिल क्रान्तिकारीका विद्याथीहरूले मूल्यवृद्धिले जनताको जनजिवन प्रभावित पारेकाले सबै मिलेर यसको विरोध गर्नुपर्ने धारणा राखेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij