वेबटिभी खबर
सांकेतिक तस्बिर
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय आजबाट भौतिकरूपमै सञ्चालनमा आएका छन् ।
नगरपालिकाको शिक्षा समितिले गत मंगबार गरेको निर्णयअनुसार आजबाट विद्यालयमा भौतिकरूपमै पठनपाठन भइरहेकाे छ ।
स्थानीय सरकारको अधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं : मेयर चालिसे
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यार्थीहरूलाई भौतिक रूपमै विद्यालय बोलाएर पठनपाठन अघि बढाइको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढंगानाले वेबटिभी खबरलाई बताए ।
संघीय सरकारले कोरोना महामारीको तेस्रो लहर तीव्ररूपमा फैलिएको भन्दै गत पुस २७ गतेबाट देशभरका विद्यालय बन्द गरेको थियो ।
सरकारले माघमसान्तसम्म विद्यालय भौतिकरूपमा सञ्चालन नगर्न निर्देशन गरेपनि गोकर्णेश्वर नगरपालिकाले भने विद्यालय सञ्चालन गरेको छ । अभिभावक र शिक्षकलगाय सबैको शतप्रतिशत सहमतिमा विद्यालय सञ्चालनमा ल्याइएको नगरपालिकाकाे भनाइ छ ।
स्थानीयत तहले विद्यालय भौतिकरूपमा सञ्चालनमा ल्याउन थालेपनि संघीय सरकार पनि दबाबमा परेको छ । संघीय सरकारले देशभरका विद्यालय भौतिकरूपमा सञ्चालन गर्ने विषयमा विभिन्न सरकारकावाला निकायसँग छलफल थालेको छ ।
आइतबारदेखि विद्यालय खोल्ने निर्णय [सूचनासहित]
फागुन १ गतेबाट विद्यालय खुला गर्नेबारे सरकारलाई यस्तो सुझाव
शिक्षा विभागले गर्यो विद्यालयसम्बन्धी यस्तो निर्णय [सूचना हेर्नुहोस्]
विद्यालय भौतिकरूपमै सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij