Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील: गृहमन्त्री

प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील: गृहमन्त्री

  • 452
    SHARES
  • प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील: गृहमन्त्री

    सिन्धुपाल्चोक । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताएका छन् ।

    सिन्धुपाल्चोक  हेलम्बु गाउँपालिका–२ र ७ जोड्ने मेलम्ची खोलामा निर्माण गरिएको बेलीवृजको उद्घाटन गर्दै उनले प्रकृति विपद्बाट हुने क्षति न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनका लागि कदम आवश्यक चाल्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

    मन्त्री खाँणले भने, ‘पीडामा परेका नागरिकको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, साधनस्रोत कमी भए पनि सरकारको जवाफदेही र जिम्मेवारी बढी छ, प्रहरी प्रशासनबाट नागरिकप्रतिको दायित्व निर्वाह भरमग्दुर प्रयास हुँदै आएको छ ।’ गत असार  र साउनमा  मेलम्ची क्षेत्रमा आएको बाढीबाट क्षति भएका पुल निर्माणका लागि यथाशीघ्र विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार गर्न सरोकारवाला निकायलाई निर्देशन दिँदै उनले नेपाली सेनाले छोटो अवधिमा निर्माण गरेको बेलीवृज यस क्षेत्रका नमूना हुने विश्वास व्यक्त गरे ।

    सेनाले यसअघि राष्ट्रिय महत्वका विभिन्न खोलामा विभिन्न समयमा बेलीवृज जडान गरी जनताको सेवा र सुविधाका लागि काम गरेको बताउदैँ मन्त्री खाँणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई नागरिकको आशा र भरोसालाई तत्कालै सम्बोधन गर्ने कार्यक्रम बनाएर काम गर्न निर्देशन दिए ।

    कोरोना सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्वास्थ्य मापदण्डलाई ख्याल गर्न स्थानीयलाई आग्रह गर्दै उनले मास्क र खोपको प्रयोगले सङ्क्रमणबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने भएकाले त्यसमा ध्यान दिन सुझाव दिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची क्षेत्रका जोखिममा रहेका बस्ती संरक्षणका लागि समिति गठन गर्न, ट्राउड फर्म र घर खेत बगाएका नागरिकलाई राहत घोषणा गर्न माग गरे । 

    उनले मेलम्ची क्षेत्रका बगाएका स्थानमा पुल निर्माणका लागि तत्काल डिपीआर बनाएर काम सुरु गर्न बजेट निकासा होस् भन्दै भत्किएक सडक निर्माण र कालोपत्रका गृहमन्त्रीसँग अनुरोध गरे । नेपाली सेना विपद् व्यवस्थापन निर्देशक यामप्रसाद ढकालले सरकारले दिएको जिम्मेवारीलाई अहोरात्र खटेर समयमै काम फत्ते गरेको बताए ।

    उनले भने, ‘जोखिममा परेका बस्ती संरक्षणका लागि मेलम्चीलाई साविकै धारमा फर्काएर दुवैतर्फ तटबन्ध निर्माण गर्न आवश्यक छ, पुल निर्माणले हेलम्बुलगायत आसपासका गाउँपालिकाका नागरिकलाई बन्द व्यापार सञ्चालन र आवतजावतमा ठूलो सहयोग पुग्नेछ ।’ गत साउन १६ र १७ गते आएको भीषणवाढीबाट स्थानीय चनौटे बजारस्थित मेलम्चीका रातो पुल बगाएपछि त्यस क्षेत्रका जनतालाई आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो । छोटो समयमै पुल निर्माण गरेकोमा सेनाको कामको प्रशंसा गर्दै  स्थानीयले पुल निर्माणले आवतजावत गर्न निकै सुविधा पुगेको भनी हर्ष प्रकट गरे ।

    सेनाले तनहुँमा रहेको बेलीवृज ल्याएर काम थालेको दुई महिनामै जडान कार्य पूरा गरेको हो । सेनाले ४८.७७ मिटर लम्बाइ तथा ४.२० चौडाइका उक्त पुल रु एक करोड १५ लाखको लागतमा निर्माण सम्पन्न गरेको सहायकरथी ढकालले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीले त्यस क्षेत्रका पाँच पक्की पुल र ३०० भन्दा बढी घरमा पूर्ण तथा आंशिक क्षति पु-याएको थियो । बढीले त्यस क्षेत्रका उब्जाउ हुने हजारौँ रोपनी खेत बगाएर नागरिकलाई बिचल्लीमा पारेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij