Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

कोरोनाका ३१० संक्रमित आईसीयू र भेन्टिलेटरमा

कोरोनाका ३१० संक्रमित आईसीयू र भेन्टिलेटरमा

  • 625
    SHARES
  • कोरोनाका ३१० संक्रमित आईसीयू र भेन्टिलेटरमा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ३१० जना कोरोना संक्रमितलाई आइसीयू र भेन्टिलेटरमा राखेर देशभरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

    आज देशभर २५१ जना कोरोना संक्रमितको आईसीयूमा र ४९ को भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आइतबार जारी गरेको तथ्यांक अनुसार प्रदेश १ मा २७ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    यसैगरी मधेश प्रदेशमा ५ जना आईसियूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने बागमती प्रदेशमा १६९ जना आईसीयूमा र ३८ जना भेन्टिलेटरमा उपचारत छन् ।

    गण्डकी प्रदेशमा १५ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा २१ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा ५ जना आईसीयूमा छन् ।

    सुदूरपश्चिम प्रदेशमा ९ जना कोरोना संक्रमणका विरामीलाई आईसीयूमा र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वस्थ्य मन्त्रालयले जारी तथ्यांकमा उल्लेख गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij