Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

म्यानमार हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

म्यानमार हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

  • 546
    SHARES
  • म्यानमार हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

    एजेन्सी, न्युयोर्क । राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न आह्वान गरेको छ । त्यस्तै जारी संकट समाधान गर्न विशेष दूतलाई त्यहाँ भ्रमणका लागि अनुमति दिने पनि उसले विश्वास गरेको छ । 

    दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठनले क्याम्बोडियाका विदेशमन्त्री प्राक साखोनलाई आफ्नो प्रतिनिधिको रुपमा म्यानमार  पठाउन चाहेको छ । विदेशमन्त्री साखोनको म्यानमार भ्रमणलाई सुरक्षा परिषदले सम्बन्धित पक्षहरुसँग भेट गर्ने चाँडो भन्दा चाडो अवसरको रुपमा हेरेको छ । 

    गत वर्ष सेनाको कू पछि त्यसको विरोधमा भएका प्रदर्शनमा विपक्षीमाथि सरकारले चरम दमन गरेको छ । प्रदर्शनका क्रममा सेनाको कारबाहीमा एक वर्षमा १५ सय जनाको मृत्यु र ११ हजार पक्राउ परेका छन् । 

    सरकारले प्रजातन्त्रबादी नेतृ आङ सान सूचीलाई घरमै नजरबन्दमा राखेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij