Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बाग्लुङकाे गलकोट नगरपालिकाले दिएन इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको पारिश्रमिक

बाग्लुङकाे गलकोट नगरपालिकाले दिएन इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको पारिश्रमिक

  • 1.0K
    SHARES
  • बाग्लुङकाे गलकोट नगरपालिकाले दिएन इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको पारिश्रमिक

    काठमाडौं । बाग्लुङ जिल्लाको गलकोट नगरपालिको विद्यालय सहयोगीलाई संघीय सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक दिएको छैन । सरकारको घोषणा अनुसार गतसाउन महिनाबाट विद्यालय सहयोगीलाई मासिक १५ हजार रुपैयाँ दिनुपर्ने भएपनि अहिलेसम्म नगरपालिकाले नदिएको हो ।

    पालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र सहायक लेखापाललाई संघीय सरकारले तोकेको न्युनतम तलब दिएपनि विद्यालय सहयोगीलाई भने नदिको शिक्षा शाखा प्रमुख रूद्र नारायण सापकोटाले बताए ।

    उनका अनुसार पालिकाले इसीडी शिक्षकलाई मासिक १५ हजार रुपैयाँ र सहायक लेखापाललाई मासिक १६ हजार रुपैयाँ उपलब्ध गराएको छ । विद्यालय सहयोगीलाई भने तहबमोजिम फरक-फरक तलब सुविधा उपलब्ध गराइएको छ ।

    प्राथमिक तह (१-५) का विद्यालयमा कार्यरत सहयोगीलाई मासिक १० हजार ५०० रुपैयाँ, आधारभूत तह (१-८) सञ्चालत भएका विद्यालयमा कार्यरत सहयोगीलाई मासिक ११ हजार रुपैयाँ र माध्यमिक तह (१-१२) सञ्चालन भएका विद्यालयमा कार्यरत सहयोगीलाई मासिक ११ हजार ५०० रुपैयाँ उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख सापकोटाले बताए ।

    विद्यालय सहयोगीलाई संघीय सरकारले निर्धारण गरेको न्युनतम तलब उपलब्ध गराउने विषयमा पालिका सकारात्मक भएपनि आन्तरिक स्रोत अभाव भएका कारण उपलब्ध गराउन नसकेको उनले बताए । पालिकाभित्रका सामुदायिक विद्यालयमा ४९ जना इसीडी शिक्षक, ६८ जना विद्यालय सहयोगी र १३ जना सहायक लेखापाल कार्यरत रहेको उनले बताए ।

    न्युनतम तलब पुर्‍याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउनुपर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन । संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij