Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लुम्बिनी प्रदेशमा ३३ लाखले लगाए पहिलो डोज खोप

लुम्बिनी प्रदेशमा ३३ लाखले लगाए पहिलो डोज खोप

  • 510
    SHARES
  • लुम्बिनी प्रदेशमा ३३ लाखले लगाए पहिलो डोज खोप

    देउखुरी । लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।

    तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये १ दशमलव ८१ प्रतिशत अर्थात् २ हजार ४११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    प्रदेशमा अहिले ७ हजार ६४१ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसीयू, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन् । प्रदेशमा ११ लाख ४ हजार ३५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार ४७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए ।

    कोरोना संक्रमण यता लुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र तीमध्ये १ लाख ३३ हजार ७६६ जना संक्रमित भएका थिए । प्रदेशभरको कूल जनसंख्याको १९ दशमलब १४ प्रतिशत नागरिक संक्रमित भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij