Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष श्रेष्ठ सम्मानित

सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष श्रेष्ठ सम्मानित

  • 718
    SHARES
  • सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष श्रेष्ठ सम्मानित

    काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मंचले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठलाई सम्मान गरेको छ । शनिबार मञ्चले एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष श्रेष्ठलाई सम्मान गरेको हो ।

    सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मंचका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले अध्यक्ष श्रेष्ठलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । महासंघका अध्यक्ष श्रेष्ठ व्यक्ति नभएर संस्था बचाउने तर्फ लाग्नुहुन्छ भन्ने विश्वास आफूले लिएको मंचका अध्यक्ष लकान्द्रीको भनाइ छ।
     
    श्रेष्ठ जस्तो व्यक्ति अध्यक्षको रूपमा पाउँदा मंचसँगै सम्पूर्ण सुनचाँदी व्यवसायीहरूले पनि गर्व गरेको लकान्द्रीको भनाइ छ । व्यवसायीको हकहितका लागि अध्यक्ष श्रेष्ठले गरेका काम उदाहरणीय भएको उनले बताए ।  

    samman1.jpg

    अध्यक्ष लकान्द्रीले भने,‘नीतिनियम, कच्चा पदार्थलगायत सुनचाँदी व्यवसायमा देखिएका समस्याहरू अध्यक्षले चाँडोभन्दा चाँडो समाधान गर्नुहुन्छ भन्ने विश्वास हामीले लिएका छौँ ।’

    श्रेष्ठले जति राम्रो काम सुनचाँदी व्यवसायको क्षेत्रमा अरू कसैले पनि नगरेका लकान्द्रीले दाबी गरे । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष श्रेष्ठले सम्मान गरेकोमा मंचलाई धन्यवाद दिए ।

    उनले भने,‘मञ्चले सधैं उन्नतीप्रगति गर्दै जोओस् । त्यसका लागि बधाई तथा शुभकामना पनि दिन चान्छु ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij