Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

४० क्विन्टल जडीबुटीसहित दुई जना पक्राउ

४० क्विन्टल जडीबुटीसहित दुई जना पक्राउ

  • 702
    SHARES
  • ४० क्विन्टल जडीबुटीसहित दुई जना पक्राउ

    जुम्ला । संकलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको ४० किन्टल जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जुम्लाको पातारासी गाउँपालिका-३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

    ‘जाँचका क्रममा संकलन पुर्जी भेटिएको छैन’, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, ‘दुवै ट्रयाक्टरमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएका छौं। ’पातारासी गाउँपालिका-७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्रयाक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको उनको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार संकलन पुर्जी तथा छुट पुर्जी विना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्विन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको छ ।

    चालकसहित दुवै ट्रयाक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij