Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो

लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो

  • 483
    SHARES
  • लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो

    हुम्ला । हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ । स्थानीय  गोरे सुनारका अनुसार चिसोले गर्दा नागरिकमा रूघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ ।

    उत्तरी भेग नाम्खा गाउँपालिकामा आवतजावत समेत बन्द भएको छ । लिमीको जाङ्ग, हल्जी, तिल गरी तीन गाउँमा एकबाट अर्कोमा जान नसकिएको स्थानीयले बताएका छन् । ती गाउँहरू सञ्चार सेवाबाट पनि बञ्चित भएका छन् भने हिउँ थुप्रिएपछि बाटो पुरिएको र आवतजावत नै बन्द भएको छ ।

    जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले हुम्ला जिल्लामा अत्यधिक मात्रामा हिमपात भएकाले खोप लगाउन सिमकोट गाउँपालिकाका वडाहरूमा नै स्वास्थ्यकर्मी खटाइएको बताए ।

    नेपाल विद्युत् प्राधिकरण हिल्दुङ्ग वितरण केन्द्रले हिमपातका कारण विद्युत्भार कटौती गर्न बाध्य भएको बताएको छ । सिमकोट गाउँपालिका-८ याङ्गुका हस्तेवीर शाहीका अनुसार ६० घरधुरीमध्ये १५ घरधुरीमा बत्ती बालेको र ४५ घरधुरी विद्युत् सेवाबाट बञ्चित हुन पुगेकाले पटक-पटक विद्युत् कार्यालय धाउनुपरेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij