Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

हुम्लामा ६ महीनापछि ८ जनामा कोरोना संक्रमण पुष्टि

हुम्लामा ६ महीनापछि ८ जनामा कोरोना संक्रमण पुष्टि

  • 423
    SHARES
  • हुम्लामा ६ महीनापछि ८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । हुम्लामा कोरोना भाइरसको तेस्रो लहरको परीक्षण सुरु भएको छ । जिल्ला अस्पता हुम्लामा २८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा  ८ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत साउनपछि कोरोना संक्रमित शून्य रहेको हुम्लामा तेस्रो लहरको पहिलो कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्यकर्मीले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने देखिएको बताएका छन् ।

    स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीसहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा परीक्षण गरिएको थियो । जसमा तीन पुरुष र पाँच महिलामा संक्रमण पुष्टि भएको हो ।

    नेपालगञ्ज र सुर्खेत हुम्लाको सिमकोट हवाई यातायातबाट सजिलै जोडिने भएकाले विमानस्थलमा खटिने स्वास्थ्यकर्मीको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

    कोरोना संक्रमितलाई सिमकोटस्थित आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा पठाउनेबारे छलफल भइरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताए ।

    सिमकोटको मुख्य भिडभाड हुने स्थानमा पनि परीक्षण गरिने भएको छ । संक्रमितको सम्पर्कमा आएकालाई समेत कन्ट्याक ट्रेसिङ गरिने भएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij