Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

जोर बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासनलाई यातायात व्यवसायीको आग्रह

जोर बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासनलाई यातायात व्यवसायीको आग्रह

  • 527
    SHARES
  • जोर बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासनलाई यातायात व्यवसायीको  आग्रह

    काठमाडौं । यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् ।

    शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निमायसँग गरेको छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोड बिजोर प्रणाली लागू नगर्न आग्रह गरेका हुन् ।

    उनीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने धारणा राखेका थिए। सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायीले जोर बिजोर प्रणाली लागू नगर्न सुझाव दिएका हुन् ।

    महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए। सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाई छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij