वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विज्ञापन संशोधन गरेको छ ।
गत पुस १४ गते प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेकोमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट शिक्षकका आवश्य पद थप भएर आएपछि विज्ञापन संशाेधन गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार खुलामा ११२ जना, महिलामा २६ जना दलित महिलातर्फ २ जना, मुस्लिम २ जना, आदिवासी तथा जनजातितर्फ २७ जना, मधेशी कोटामा १९ जना, दलित कोटामा ७ जना, अपाङ्गता भएकोमा ५ जना र पिछडिएको क्षेत्रको कोटामा ४ जना गरी जम्मा २०४ जना थप गरिएको आयोगले जनाएको छ ।
आयोगले जारी गरेको सूचना अनुसार ९ जिल्लामा विभिन्न कोटामा थप भएपछि विज्ञापन संशाेधन गरिएको हो ।
केन्द्रले दरबन्दी थप गरेका इलाम, धनकुटा, सिरहा, सिन्धुपाल्चोक, बारा, कपिलवस्तु, दाङ, सुर्खेत र बैतडी जिल्लामा पद संख्या थप गरेको हुनाले आयोगले पदसंख्या थप गरेको हो ।
आयोगले गत पुस १४ गते प्रकाशित गरेको प्राथमिक तहको तृतीय श्रेणीको खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गरेको थियो ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij