Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चार दिनदेखि अत्यधिक बढेको चिसोले मधेश प्रदेशको जनजीवन प्रभावित 

चार दिनदेखि अत्यधिक बढेको चिसोले मधेश प्रदेशको जनजीवन प्रभावित 

  • 626
    SHARES
  • चार दिनदेखि अत्यधिक बढेको चिसोले मधेश प्रदेशको जनजीवन प्रभावित 

    जनकपुरधाम । पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ ।

    दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेको छ । चिसोको कारण  तीन जनाको मृत्यु भएको छ ।

    चिसोको कारण बिरामी हुनेको संख्या उच्च रहेको छ । प्रादेशिक अस्पताल जनकपुर र यहाँका निजी हस्पिटल तथा निजी क्लिनिकहरूमा बिरामी भएर आउनेको संख्या बढी देखिएको प्रदेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक केडी दासले बताए ।

    उपचारका लागि चिसो कारण स्वास प्रस्वासमा समस्या भएका, हाड जोर्नी दुख्ने, रूघाखोकीलगायतका बिरामी बढी आउने गरेको उनले बताए ।  निजी क्लिनिकहरूमा चिसोले बिरामी भई आउने बालबालिकाको संख्या बढिरहेको छ ।

    चिसोमा शारीरिक गतिविधि कम हुने भएकोले खानपिन बढी, तौल बढने लगायतका कारण रक्तचाप, र मधुमेहको जस्ता रोगको समस्या बढी हुने उनले बताए ।

    यसैबीच,अत्यधिक चिसो बढेपछि जनप्रतिनिहरूले ठाँउ ठाउँमा दाउरासमेत वितरण गरेका छन् । रूधन साहले चिसो कारण वडाभित्र दाउरा वितरण गरेको बताए । चिसो छल्न आगो ताप्ने क्रममा आधा दर्जनजति मानिस घाइते भएका मधेश प्रदेशका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    त्यसैगरी, चिसो बढेपछि मधेश प्रदेश सरकारले गरिब विपन्नहरूलाई कम्बल वितरण गरेको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले बताए ।

    मन्त्री साहका अनुसार प्रदेश सरकारले पहिलो चरणमा दुई हजार १०० कम्बल वितरण भइसकेको छ भने दोस्रो चरणको लागि खरिद भइरहेको छ ।

    केही दिनअघि  मधेश प्रदेश सरकारले चिसो र कोरोना भाइरसको रोकथाक तथा औषधि उपचारमा सहज प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतले पनि सबै सरोकारवाला निकायलाई निर्देशनसमेत दिएका थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij