वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेपछि त्यससँग सम्बन्धीत विभिन्न सूचनाहरू जारी गरेको छ । आवेदकहरूको अस्पष्टतालाई ध्यानमा राखी आयोगले स्पष्ट पार्दै सूचना जारी गरेको हो ।
आयोगले माध्यमिक तहमा एक प्रदेशबाट एक विषयमा मात्र दरखास्त दिन सकिने बताएकाे छ । मंसिर २९ गते आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुलातर्फको विज्ञापन जारी गरेको थियो ।
सो विज्ञापनको सन्दर्भमा उम्मेदवारहरूले एकभन्दा बढी प्रदेशमा प्रतिस्पर्धा गर्न मिल्ने वा नमिल्ने विषयमा सोधनी भइ आएकाले आयोगले सूचना जारी गरी स्पष्ट पारेको हो ।

त्यसैगरी आयोगले माध्यमिक र निम्नमाध्यमिक तहको सामाजिक विषयमा दरखास्त दिन सकिने शैक्षिक योग्यताबारे स्पष्ट पारेको छ ।

आयोगले माध्यमिक तहको विज्ञापन संशोधन गरेको छ । आयोगले थप दरबन्दी विवरण प्राप्त भएको भन्दै संशोधित विज्ञापनको सूचना निकालेको हो ।

आयोगले निम्न माध्यमिक तहको विज्ञापन संशोधन गरेको छ । आयोगले थप दरबन्दी विवरण प्राप्त भएको भन्दै संशोधित विज्ञापनको सूचना निकालेको हो ।

आयोगले संस्कृत तर्फका विषयमा स्पष्ट पारेको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij