Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पहिरोमा पुरिएका एकको शव फेला

पहिरोमा पुरिएका एकको शव फेला

  • 697
    SHARES
  • पहिरोमा पुरिएका एकको शव फेला

    काठमाडौं । धादिङमा पहिरोमा पुरिएर बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । बिहिबार बिहान रुबिभ्याली गाँउपालिका-१ लिङ्जोमा खसेको पहिरोमा पुरिएका एकको शव फेला परेको हो ।

    उक्त पहिरोमा ३ जना बेपत्ता भएका थिए । बेपत्ता मध्ये एकको शव शनिबार अपरान्ह ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए ।

    डिएसपी भण्डारीका अनुसार मृतक काभ्रे महाभारत गाँउपालिका-२ बस्ने १९ वर्षीय राजु तामाङ रहेका छन् । उनी स्काभेटरका सहचालक थिए । लिङ्जोपुर तिप्लिङ जाने बाटो खन्ने क्रममा स्काभेटरसहित ३ जनालाई पहिरोले पुरेको थियो । पहिरोमा पुरिएका २ जनाको शव खोज्ने कार्य भइरहेको छ ।

    खोजतलासका लागि नेपाली सेनाका २० जना, सशस्त्र प्रहरीका ११ जना र नेपाल प्रहरीका ७ जना खटिएको डिएसपी भण्डारीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij