वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने म्याद थपेको छ । आयोगले शुक्रबार सूचना जारी गर्दै म्याद थप गरेको जानकारी गराएको हो ।
‘शिक्षक सेवा आयोगबाट प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद मिति २०७८/०९/२९ र दोब्बर दस्तुरको अन्तिम म्याद २०७८/१०/६ गतेसम्म तोकिएकोमा दरखास्त भर्ने उम्मेदवारहरूको सुविधालाई ध्यानमा राखी सो म्याद २ दिन थप गरी क्रमशः सिंगल दस्तुरको मिति २०७८/१०/१ गते राती ११ः५९ बजेसम्म र दोब्बर दस्तुरको मिति २०७८/१०/८ गते राती ११ः५९ बजेसम्म म्याद थप गरिएकाले सिंगल दस्तुर तिरी दरखास्त बुझाउने अवधि दरखास्त दिने दिनेको भोलिपल्ट बैकिङ कारोबार हुने समयभित्र र दोब्बर दस्तुर तिरी दरखास्त पेश गर्नेको हकमा सोको अन्तिम दिनको भोलिपल्ट बैकिङ कारोबार हुने समयभित्र अनिवार्य रूपमा बुझाउनु पर्ने व्यहोरा आयोगको मिति २०७८/९/३० को निर्णयअनुसार जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ आयोगद्वारा जारी सूचनामा भनिएको छ ।
हेर्नुहोस् सूचना
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij