वेबटिभी खबर
फुङ्लिङ । ताप्लेजुङमा बुधबार राति दोस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि ३ हजार ४ सय मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका-६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको हो । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।
स्थानीयवासीका अनुसार चिसो बढेकापछि बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । घुन्साका टासीतेन्जी शेर्पाले हिमपातका कारण पशुचौपाया बचाउन मुश्किल भएको बताए ।
समुद्र सतहदेखि ३ हजार २ सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला र ४ हजार २ सय मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि बाक्लो हिमपात भएको स्थानीयवासी बताएका छन् ।
भले, ग्याप्ला तथा मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला र पापुङमा पनि हिमपात भएको मिक्वाखोला-६ का वडाध्यक्ष डन्डु शेर्पाले जानकारी दिएका छन् ।
समुद्र सतहदेखि ३ हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । यस वर्ष जिल्लामा पुस १३ र १४ गते पहिलोपटक हिमपात भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij