वेबटिभी खबर
देशभरका विद्यालय कर्मचारी (परिचर र लेखापाल) तलबलगायत सेवासुविधाको माग गर्दै देशव्यापी आन्दोलनमा छन् । उनीहरूसँगै प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) पनि आन्दोलनमा छन् । उनीहरूले आफूहरूलाई सरकारले अन्याय गरेको बताउने गरेका छन् । यहाँ विद्यालय कर्मचारीको आन्दोलनबारे स्वतन्त्र कर्मचारी संघर्ष समितिले केही बुँदाहरूद्वारा प्रस्ट पारेको छ :
१.संघीय शिक्षा ऐनमा लेखापाल र सहयोगीको स्पष्ट र तहगत श्रेणीगत निजामती सरह सेवासुविधा हुने गरि दरबन्दी मागका लागि,
२. शक्ति प्रदर्शन, असमानता अन्त्य र आन्दोलनबिना उपलब्धि नहुने नेपाली परिपाटीको आत्मसासाथका लागि,
३. विद्यालय कर्मचारीमा आन्दोलन भनेर लेबि उठाउने र त्यो जथाभावी खर्च गर्ने, ऐन आउने बेला पहल गर्न छाडेर संगठनका अधिवेशन बहिष्कारका लागि,
४. हाल वृद्धि तलब माग, ६० वर्षे हदम्याद र उपदान मागका लागि र
५ स्थानीय तह होइन संघद्वारा कर्मचारीको ब्यबस्थापन गराउनका लागि ।
तत्काल कर्मचारीहरूले के गर्ने ?
१. आआफ्नो संगठनलाई एकता र आन्दोलनका लागि दबाब दिन लगाउने ।
२. संघीय ऐन आउँदा पहल नगर्ने, आन्दोलन नगर्ने, बजेट आउँदा चुप लाग्ने, ६० वर्षे हदम्यादले अवकास दिंदा नबोल्ने, उपदान दरबन्दीबारे नबोल्ने अनि लेबि उठाई अधिवेशनतिर जाने कर्मचारीलाई बहिष्कार गरौं ।
३. कर्मचारीको हकहितका लागि एउटा मात्रै संगठन नभएसम्म हामीले युनियन र परिषद् लेख्नै छाडौँ । संघर्ष समिति लेखौँ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij