Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षक सेवा आयोगले जारी गर्यो अर्को महत्त्वपूर्ण सूचना, फाराम भर्न यति शैक्षिक योग्यता अनिवार्य चाहिने

शिक्षक सेवा आयोगले जारी गर्यो अर्को महत्त्वपूर्ण सूचना, फाराम भर्न यति शैक्षिक योग्यता अनिवार्य चाहिने

  • 9.6K
    SHARES
  • शिक्षक सेवा आयोगले जारी गर्यो अर्को महत्त्वपूर्ण सूचना, फाराम भर्न यति शैक्षिक योग्यता अनिवार्य चाहिने

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक र निम्नमाध्यमिक तहको सामाजिक विषयमा दरखास्त दिन सकिने शैक्षिक योग्यताबारे स्पष्ट पारेको छ ।

    आयोगले मंसिर २९ गरे माध्यमिक र पुस ७ मा निम्नमाध्यमिक तहमा रिक्त शिक्षक पदपूर्तिको विज्ञापन आह्वान गरेको थियो । 

    सो विज्ञापनको सन्दर्भमा उम्मेदवारहरूले सामाजिक विषयमा दरखास्त दिन मिल्ने वा नमिल्ने शैक्षिक योग्यताबारे जिज्ञासा राखेपछि आयोगले मंगलबार एक सूचना जारी गरी स्पष्ट पारेको हो । 

    आयोगद्वारा जारी सूचनामा भनिएको छ, ‘शिक्षक सेवा आयोगबाट प्रकाशित माध्यमिक र निम्नमाध्यमिक तहको सामाजिक विषयमा दरखास्त दिने उम्मेदवारहरूको न्यूनतम शैक्षिक योग्यता क्रमशः स्नातक र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भन्ने उल्लेख भएकोमा कुनै उम्मेदवारले सामाजिक समूहका लागि आयोगबाट तोकिएको विषयभन्दा फरक विषयमा न्यूनतम शैक्षिक उपाधि हासिल गरी सोही तहमा सामाजिक अध्ययन विषय समूहमध्येका कुनै छुट्टै एक विषयमा माध्यमिक तहको लागि ३०० सय पूर्णाङ्क र निम्नमाध्यमिक तहको लागि २०० सय पूर्णाङ्क लिई उत्तीर्ण गरेको देखिएमा वा तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता हासिल गर्दा सामाजिक अध्ययन विषय समूहका विषयमा कम्तीमा ३०० सय पूर्णाङ्कको अध्ययन गरेको भएमा त्यस्ता व्यक्तिहरूलाई समेत सामाजिक विषयको उम्मेदवार हुन बाधा नपर्ने ।’ 

    tsc.jpg

    याे पनि,

    परीक्षाबारे शिक्षक सेवा आयोगले आकस्मिक रूपमा जारी गर्यो यस्तो सूचना परीक्षाबारे शिक्षक सेवा आयोगले आकस्मिक रूपमा जारी गर्यो यस्तो सूचना

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij