Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

सुख्खा पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

सुख्खा पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

  • पौष २०, २०७८ मंगलवार २०:०६ बजे
  • 640
    SHARES
  • सुख्खा पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

    रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो । 

    करिब सय मिटर सडकमाथिबाट ढुंगामाटोसहितको सुख्खा पहिरो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘सडकमाथिबाट सुख्खा पहिरो आएको छ । पहिरो ठूलो छ,’ उनले भने ।

    बुधबार बेलुकीसम्ममा सडक सुचारु गराउने प्रयास भइरहेको उनको भनाइ  छ । ‘सडक सुचारु गराउन एउटा स्काभेटरले काम सुरु भइसकेको छ । जलविद्युत आयोजनाका स्काभेटरका लागि पनि समन्वय गरिरहेको छु,’ उनले भने । 

    सुख्खा पहिरोले सडक अवरुद्ध हुँदा टिमुरे क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको बनेको छ । विद्युतका तारहरूमा क्षति पुगेको बताइएको छ । 

    सडक अवरुद्ध हुँदा रसुवागढी नाकामा आवतजावत गर्ने साना तथा ठूला सवारी रोकिएका छन् । टिमुरे जान लागेका करिब २० वटा मालवाहक सवारी बिचमै रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # रसुवागढी नाका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij